काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंको कालिमाटीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिब चार सय जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको इन्स्योरेन्सले जनाएको छ ।
कार्यक्रमलाई देशबाहिर रहेका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । उनले देशव्यापीरूपमा सञ्चालन गरिएको यस कार्यक्रमले अभिकर्ताहरूको क्षमताको विकास गर्न सघाउने बताए । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त प्रशिक्षकमार्फत प्रशिक्षण गराइएकाले अभिकर्ताको क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारमा सघाउन उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’सँग सम्बन्धित प्रस्तुतीकरण गरिएकोे थियो । यो योजना न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरू र बुढेशकालमा पेन्सन चाहनेहरूका लागि उत्कृष्ट बीमा योजना रहेकोले बारे जानकारी गराइएको थियो ।
उक्त कार्यक्रमका भारतको मुम्बइबाट आएका जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झाले प्रशिक्षण दिएका थिए ।