काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको चाबहिलस्थित दीर्घायु गुरु हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले यस हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यसकिसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र डिजिटल कारोबार बढ्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
बैंकले देशभर एक ८२ शाखा, एक सय ३९ एटीएम, ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।