काठमाडौं । भिभोेले वाई सिरिजका स्मार्टफोनहरुको मुल्य घटाएको छ । कम्पनीले वाई १५ सी, वाई १५ एस र वाई २० एसको मुल्य घटाएको हो ।
कम्पनीले वाई १५सीको मुल्य ३ हजार रुपैयाँ घटाएको छ । यसअघि १७ हजार ९ सय ९९ रुपैयाँ रहेको वाई १५ सीको मुल्य हाल १४ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । यो फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यस्तै फोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यसबाहेक, फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २ एमपी सुपर म्याक्रो क्यामेरा रहेको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले वाई १५एसको मुल्य पनि दुई हजार रुपैयाँ घटाएको छ । यसअघि १९ हजार ९ सय ९९ रुपैयाँ रहेको वाई १५एसको मुल्य हाल १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोनमा ५ हजार एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी रहेको छ ।
कम्पनीले वाई २०एसको मुल्य पनि २५ हजार ४ सय ९९ बाट घटाएर २३ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । यो फोनमा ५ हजार एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङ, क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४ जीवी र्याम र १२८ जीवी स्टोरेज रहेको छ । साथै यसलाई २५६जीवी सम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।