काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ । यो योजना २०७९, चैत्र २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुनेछ । उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्ल्याटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्नानुसारको छुट पाउने व्यवस्था गरिएको छ । ग्राहकहरूले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय ३० वटा कार्यालयहरू तथा एक सय २३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।