काठमाडौं । कृषि विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट फोन पाएका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले एक÷एक थान स्मार्ट मोबाइल फोन पाएको बैंकले जनाएको छ ।
बैंकले ५६औँ वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमध्ये बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानीलाई मोबाइल फोन दिने योजना सार्वजनिक गरेको थियो । यसैगरी, बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले जनही पाँच सय ६० रुपैयाँका दरले क्यासब्याक प्राप्त गरेको पनि बैंकले जनाएको छ ।