काठमाडौं,नेपाललगायत कम विकसित छवटा राष्ट्रलाई यो वर्ष क्यान्सरविरुद्धको औषधी निशुल्क उपल्ब्ध गराइने भएको छ । जाम्बिया,इक्वेडर,जोर्डन,मङ्गोलिया र नेपालले निशुल्क रुपमा पाउने भएका छन् । बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निशुल्क औषधि प्राप्त गर्न लागेको हो ।
अर्को बर्ष थप ६ वटा देश गरेर १२ वटा राष्ट्रले बालबालिकाका लागि क्यान्सरविरुद्धको निशुल्क औषधि प्राप्त गर्नेछन् । योसँगै नेपाली बालबालिकाले क्यान्सरको औषधि निशुल्क पाउने भएका छन् ।
बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि नि शुल्क उपलब्ध गराइने भएको छ । ग्लोबल इनिसिएटिभ फरचाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निशुल्क औषधि प्राप्त गर्नेछ ।