पोखरा । कालिका लघुवित्त वित्तीय संस्था लि.को १३औँ वार्षिक साधारणसभा गत साता बुधबार पोखरामा सम्पन्न भएको छ । साधारणासभाले १९ प्रतिशत बोनस सेयरसहित एक प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ ।

साधारणसभाले संस्थाको सञ्चालक समितिमा रिक्त रहेको संस्थापक समूहको सञ्चालकमा स्याङ्जाका नित्यानन्द तिवारीलाई निर्विरोध चयन गरेको छ ।