काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृ शोक परेको छ । डेपुटी गभर्नर मिश्रका आमा धनमाया मिश्रको यही वैशाख दुई गते ८४ वर्षको उमरेमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार मिश्रको झापाको दमक–९ स्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय मिश्रका श्रीमान, चार छोरा र दुई छोरीहरू छन् । जसमध्ये डेपुटी गभर्नर मिश्र कान्छो छोरा हुन् ।