काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर ६६ जना घर फर्किएका छन् ।

विगत २४ घण्टामा कोरोनाका देशभर ३८६ जना संक्रिय संक्रमित रहेको स्वाथ्य मन्त्रालयले बताएको छ । मन्त्रालयलका अनुसार आज कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।