काठमाडौं,नागरिक अगुवाहरुले मिटरब्याजी पीडितमाथि प्रहरीले गरेको दमनप्रति खबरदारी गरेका छन् । बृहत नागरिक आन्दोलनको ब्यानरसहित प्रदर्शनमा उत्रेका नागरिक अगुवाहरु पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मार्च पास गरि सरकारलाई खबरदारी गरेका थिए । उनीहरुले रत्नपार्कस्थित शान्ति बाटिकाबाट बानेश्वसम्म मार्च पास गरेका थिए । बिभिन्न ब्यानरसहित उपस्थित भएका उनीहरुले गृहमन्त्री र सरकारको कडा आलोचना गरेका थिए । बिभिन्न मागहरु राखेर जिल्लाहरुबाट आएका पीडितहरुले सरकारसँग वार्ता गरेपनि कुनै ठोस निष्कर्ष निस्किन सकेको छैन् । सरकारले उनीहरुलाई बिभिन्न आश्वासन दिए पनि उनीहरु सरकारप्रति विश्वस्त हुन सकेका छैनन् ।