काठमाडौं । क्षेत्रीयस्तरको एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीहरूको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेसँगै सेयरधनीको हात खाली हुने भएको हो ।

बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुनै पनि किसिमको लाभांस वितरण नगर्ने र सोहीअनुसारको अनुमति माग गर्दै राष्ट्र बैंकमा पत्राचार गर्नै निर्णय गरेको छ ।