काठमाडौं । माइखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकोे छ । कम्पनीले वैशाख आठ गतेबाट एक सय रुपैयाँ अंकित मूल्यको १२ करोड ६९ लाख ४१ हजार एक सय रुपैयाँबराबरको १२ लाख ६९ हजार चार सय ११ कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँमध्येबाट ३९ प्रतिशतले हुनआउने १५ करोड २९ लाख ४१ हजार एक सय रुपैयाँबराबरको १५ लाख २९ हजार चार सय ११ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । जसमध्ये पाँच प्रतिशत सामूहिक लगानी कोषको लागि र दुई प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि छु्ट्याएर बाँकी रहेको १२ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणमा बिक्री खुला गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । साधारण सेयरको बिक्री निष्काशन वैशाख ८ गतेदेखि छिटोमा वैशाख १२ गते र ढिलोमा वैशाख २४ गतेसम्म हुनेछ ।