काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भृकुटीमण्डप, काठमाडौंस्थित जामुनी अटो सेन्टर प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षारपश्चात् बैंकका कार्डवाहक ग्राहकले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा २५ हजार रुपैयाँसम्मको आकर्षक छुट पाउनेछन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्ता किसिमका सम्झौताहरू गर्दै आएको जनाएको छ । बैंकले देशभर एक सय ८२ शाखा कार्यालय, एक सय ३९ एटीएम, तीन एन्सटेन्सन काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।