काठमाडौं । सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको नेपाली कांग्रेसका शेरबहादुर देउवाले बताएका छन् ।
संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले बताए । सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो ।
विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण भएको चिन्ता बैठकमा गरिएको ती सांसदले सुनाए । नयाँ दलले गरेको प्रचार अभियानका अगाडी कांग्रेस कमजोर भएकाले पनि पराजित हुनुपरेको नेताहरुले बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेको सांसदहरुलाई सुनाएका थिए । बैठकमा सहभागी अधिकांश सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।