काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएर स्वदेशमा गरिएको उपचार प्रभावकारी नभएपछि भारतको एम्स अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् र पछिल्लो समय उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताइएको छ । राष्ट्रपति पौडेललाई यही वैशाख ६ गते एयर एम्बुलेन्समार्फत दिल्ली लगेर भर्ना गरिएको थियो । त्यसअघि ५ गते उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
राष्ट्रपति भएपछि पौडेलको स्वास्थ्यमा पटक–पटक समस्या देखिँदै आएको छ । उनी उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै आएका छन् । तर पछिल्लोपटक उनको उपचार यहाँ सम्भव नभएपछि दिल्ली लगिएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो सल्लाहमा राष्ट्रपतिलाई दिल्ली लागिएको बताएका छन् तर उनको उपचारमा संलग्न चिकित्सकहरुको हवाला दिएर राष्ट्रपतिको उपचार स्वदेशमै सम्भव थियो भन्ने समाचारहरु पनि सार्वजनिक भएका छन् । चिकित्सकहरुकै हवाला दिएर त्यसअघि परिवारका सदस्यहरुको सल्लाह र सुझावमा राष्ट्रपतिलाई थप उपचारका लागि दिल्ली लगिएको समाचार सार्वजनिक भएको थियो ।
दिल्ली लगेर पनि राष्ट्रपति पौडेलको आईसीयूमा राखेर उपचार गरिएको र स्वास्थ्य सुधारपछि नर्मल वार्डमा सारिएको समाचार प्रकाशमा आएका छन् ।
राष्ट्रपति भएपछि पौडेललाई स्वास्थ्य समस्या देखिएपछि शिक्षण अस्पताल गएको बताइएको छ । पछिल्लोपटक राष्ट्रपति पौडेल बेहोस भएर ढलेपछि अस्पताल लगेर भर्ना गरिएको समाचार पनि आएका छन् । कसैले छातीमा समस्या देखियो भनेका छन् त कसैले आन्द्रामा समस्या भएको भनेका छन् । राष्ट्रपति पौडेललाई यसअघि नै मधुमेहको समस्या रहेको बताइएको छ ।
भारत उपचार गर्न लैजानुअघि मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार अहिलेसम्म बाहिरिएको छैन । बेहोस भएर ढलेपछि अस्पताल लगेर भर्ना गरिएको समाचार आएका छन् । त्यसलगत्तै राष्ट्रपति पौडेलको कोख दुखेर अस्पताल लगिएको भन्ने समाचार पनि आएका छन् । कसैले छातीमा समस्या देखियो भनेका छन् । कसैले आन्द्रामा समस्या भएको भनेका छन् । राष्ट्रपति पौडेललाई यसअघि नै मधुमेहको समस्या रहेको बताइएको छ ।
भारत उपचार गर्न लैजानुअघि मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार अहिलेसम्म बाहिरिएको छैन । बरु चिकित्सकहरुको हवाला दिएर राष्ट्रपतिलाई परिवारका सदस्यहरुको सिफारिस र सल्लाहमा दिल्ली लगिएको तर यही उपचार सम्भव थियो भन्ने समाचारहरु सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले त्यसको प्रतिवाद गर्दै आफ्नो सल्लाहमा दिल्ली लगिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जिम्मेवारी लिएपछि राष्ट्रपतिको उपचारमा अन्धाधुन्ध खर्च गरिएको भनेर फेरि अर्को कोणबाट विवादमा तान्ने प्रयास पनि भइरहेका छन् ।
यसबीचमा राष्ट्रपतिको सचिवालयले राष्ट्रपति अस्पताल भर्ना भएको क्रमिक रुपमा स्वास्थ्यमा सुधार आएको बाहेक खासै कुरा बाहिर ल्याएको छैन । राष्ट्रपति पौडेलको उपचारको क्रममा अहिलेसम्म मूल कुरोचाहिँ सार्वजनिक गरिएको छैन र नेपाली जनताका लागि आफ्नो राष्ट्रप्रमुखलाई के रोग लागेको हो भन्नेचाहिँ सरकारले जानकारी गराएको छैन । सार्वभौमसत्तासम्पन्न नागरिकले आफ्नो अभिभावक राष्ट्रपतिलाई के रोग लागेको हो र अहिले उनको अवस्था कस्तो छ भनेर जानकारी पाउनुपर्ने अधिकार राख्छन् तर सरकारले राष्ट्रपति पौडेलको रोग किन लुकाइरहेको भन्ने कुरा बुझ्न नसकिने विषय भएको छ । राष्ट्रपति पौडेल पदको दुरुपयोग गरेर दिल्ली गएको कुरा कल्पना पनि गर्न सकिँदैन र ग्याष्ट्रिक रोगको उपचारकै लागि दिल्ली गएको कुरा पनि कल्पना गर्न सकिँदैन । तर के भएको हो भन्ने कुरो लुकाएर सरकारले जनतालाई यसरी गुमराहमा पार्नु उचित होइन ।