काठमाडौं । राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको अस्वभाविक भएको बताएका छन् ।
स्वास्थ्य उपचारमा पनि एउटा नीति बनाउने बेला आएको उनले बताए । अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’
अध्यक्ष लिङ्देनले कोभिडको बेला आफू स्वयंम विरामी अवस्थामा हुँदा पनि उपचार खर्च नलिएको र भोलिका आउने दिनमा पनि आफूले उपचार खर्च नलिने समेत उनले घोषणा गरे ।