काठमाडौं । एसवाई प्यानल नेपाल र एसवाई बजारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्य सामग्री र नगद हस्तान्तरण गरिएकोे एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिएका छन् । एसवाई प्यानल र एसवाई बजारले एक लाख ५० हजारबराबरको खाद्यान्न र ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
वितरण भएको खाद्य सामग्री र नगदबाट कम्तीमा डेढ महिना वृद्धाश्रम सञ्चालनका लागि सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताइन् । वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरु छन् । एसवाई प्यानल र एसवाई बजार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका संस्था हुन् ।