काठमाडौं । नेकपा एमाले सचिवालय बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ । सो बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव रहेका रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गत बुधबार अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न नसकेको दावी गर्दै आएको छ ।
नेकपा एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर दोषी करार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने दवाव दिन थालेका छन् ।