काठमाडौं । नेपाल एयरलाइन्सको ट्वीनअटर विमान काठमाडौंबाट भोजपुर उडेपछि जहाजमा प्राविधिक समस्या देखिएर काठमाडौं नै फर्किेएको छ ।

विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उक्त विमान बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट भोजपुर उडेको थियो ।