काठमाडौं । सत्ता साझेदार १० दलको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो साढे दुई बजे सिंहदरबारमा बोलाएका छन् । नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दललाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । मंगलबार सत्ता साझेदार दलसँग मात्रै छलफल तय भएकाले प्रतिपक्षी दललाई भने बैठकमा नबोलाइएको आचार्यले बताए।
नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी दललाई बैठकमा बोलाइएको उनले बताए । त्यस्तै जनमत पार्टी, राष्ट्रिय जनमोचा, नागरिक उन्मुक्ति, प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीलाई पनि नीति तथा कार्यक्रममाथि सुझाव दिन बोलाइएको छ ।