काठमाडौं,मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड १२ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी १७ करोड चार लाख ३७ हजार रुपैयाँ रहेको संस्थाले चालु आ.व.को तेस्रो त्रैमासिक अवधिमा ८३ करोड ७२ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३६ करोड १० लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख ६१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९४ प्रतिशत रहेको छ ।
गत आ.व.को सोही अवधिमा भने संस्थाले ६४ करोड ४५ लाख ५७ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई अर्ब सात करोड ७८ लाख ७५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड २६ लाख छ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७१ लाख १९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४९ प्रतिशत रहेको थियो ।