एप्पलले मंगलबार अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमसँग अमेरिकामा बनेका चिपहरु प्रयोग गर्ने सम्बन्धमा अर्बौँ डलरको सम्झौता गरेको छ । यो सम्झौता बहुवर्षीय रहेको छ । सम्झौताअनुसार ब्रोडकमले फाइभ जी रेडियो फ्रिक्वेन्सी कम्पोनेन्टहरु विकास गरी एप्पलका लागि चिप उत्पादन गर्नेछ । चिप उत्पादन गर्ने यो कम्पनी एप्पललाई ताररहित कम्पोनेन्टहरु आपूर्ति गर्ने प्रमुख कम्पनी हो । यो सम्झौतापछि प्रिमार्केट ट्रेन्डिङमा ब्रोडकमको सेयर चार दशमलव तीन प्रतिशतले बढेको थियो ।