काठमाडौँ । सोमबार बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।