काठमाडौं । बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल-भारत सीमा समस्याबारे छलफल भएको छ।
द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदी र दाहाल दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताएका छन् ।
सम्बोधनका क्रममा उनले भने 'हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्याउनका लागि काम गरिरहने छौं। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौं,।' प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए।