काठमाडौं । अडियो टेक्नोलोजीको आविष्कारक, हाइफ्युचरले फ्लाइबड्स शृङ्खलाअन्तर्गत हाइफ्युचर फ्लाइबड्स ३ को चौथो पुस्ताको नेपालमा अनावरण गरेको छ । हाइफ्युचर फ्लाइबड्स ३ सिमलेस र इमर्सिभ सुन्ने अनुभव प्रदान गर्न इन्जिनियरिङ गरिएको छ ।
वातावरणीय आवाज रद्द गर्ने प्रविधिका साथ सुसज्जित, इयरबडहरूले प्रभावकारीरूपमा पृष्ठभूमिको आवाज कम गर्छ भने क्रिस्टल–क्लियर ध्वनि गुणस्तर र उच्चतम अडियो प्रदर्शन सुनिश्चित गर्दछ । यसले गर्दा भिडभाड भएको सडकमा, व्यस्त क्याफेमा, वा कोलाहलयुक्त अफिसको वातावरणमा भए पनि, फ्लाइबड्स ३ बाट धुन सुन्न कुनै बाधा पर्दैन । हाइफ्युचर फ्लाइबड्स ३ मा फोर–माइक कलिङ प्रणालीले असाधारण कल गुणस्तर र स्पष्टता सुनिश्चित गरेको छ ।