काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् । भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री गत शनिबार स्वदेश फर्किएका थिए ।
भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।
प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए ।