काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव ३८ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २५ दशमलव ६६ अंकले उकालो लागेर १९ सय २७ दशमलव ६५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज दुई दशमलव ८७ अंकले उकालो लागेर तीन सय ६५ दशमलव शुन्य नौं बिन्दुमा चढेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६९ वटा कम्पनीह्रुको सेयर कारोबार भएका छन् । जसबाट ३६ हजार एक सय १८ वटा कारोबारमा ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय एक रुपैंयाँ ९९ पैसा कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।