काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरूको म्यादी जीवन बीमाका लागि सम्झौता भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले सम्झौैतामा हस्ताक्षर गरेका छन् । बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आईटी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूको समेत बीमा गरिने र आवश्यकताअनुसार अन्य योजनाहरूमा पनि सहकार्य गरिने जानकारी दिए ।
बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिकस्तरको सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरूमा उद्यमशीलता विकास गर्नका लागि विनाभेदभाव ‘हामी गर्छाँे, सबैका लागि, सधैँका लागि’ भन्ने मूल नाराका साथ लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।