काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा योजनाहरूको बारेमा जानकारी दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड असारभित्र मर्ज हुने गरी तीव्र गतिमा तयारी भइरहेको अवस्थामा कम्पनीले मर्जरपश्चात् बन्ने कम्पनीको नामबाट जारी हुने बीमा योजनाहरूको बारेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । एकीकृत कारोबारपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ले बजारमा बिक्रीका लागि ल्याउने बीमा योजनाहरू (प्रोडक्ट) छनोट गर्नु आवश्यक थियो,’ कम्पनीले भनेको छ । दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषणपछि श्रावणएक गतेबाट बिक्री वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरू (प्रोडक्ट) छनोट भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउनउक्त योजनाहरू स्वीकृतिसमेत प्राप्त भइसकेको जानकारी पनि कम्पनीले दिएको छ ।
नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरूलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ ।स्वीकृत बीमा योजनाहरूमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चामत्कारिक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीवृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा, डबल धमाका बीमा, सबैको जीबन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, वैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरू रहेको कम्पनीले जनाएको छ ।