काठमाडौं । सेयर बजार परिसुचक २२ सय अंक नजिक पुगेको छ । अघिल्लो दिन ११ दशमलव ६९ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ५६ दशमलव ९४ अंकले बढेर २१ सय ८६ दशमलव ३६ अंकमा कायम रहन सफल भएको हो ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ४० अंकले उकालो लागेर चाय १२ दशमलव ५१ बिन्दुमा कायम रहन सफल भएको छ । धितोपत्र बजारमा आज दुई सय ७५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ८० हजार तीन सय ९८ पटकको कारोबारमा एक करोड ३१ लाख सात हजार ८० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुुचक बढेर हरियो देखिएपनि उत्पादनमुलक, निर्जीवन बीमा र ट्रेडिङ उपसमुहहरुको सुचक भनेर घटेर रातो भएको छ ।