काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड १६ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड तीन लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ६७ करोड १३ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब पाँच करोड १० लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ६५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ६६ करोड ८० लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब छ करोड ७७ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड सात लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७३ लाख ९० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ११ प्रतिशत रहेको थियो ।