काठमाडौं । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रूपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले २५ लाख रूपैयाँको चेक संयुक्तरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।
मुलुकलाई विपत्ति आइलागेको अवस्थामा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भइरहेको उनको भनाइ छ ।
बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानि नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दाबी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।