काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानित भएका हुन् ।
उनी ४० वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्तरूपमा सम्मान गरेका थिए । काठमाडौ माघ १३ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानित भएका हुन् ।
उनी ४० वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्तरूपमा सम्मान गरेका थिए ।