पछिल्लो समयमा केही ठूला बैंकहरूले आ–आफ्नो वार्षिक साधारणसभाहरूमा मर्जरको एजेन्डासहितको प्रस्ताव राखिएका छन् भने केहीले मर्जरको प्रस्ताव पारित पनि गरिसकेका छन् । बैंकहरूलाई मर्जर गर्नुपर्ने के आवश्यकता प¥यो भन्ने कारणमा भने खुलाउन सकेका छैनन् । पुँजी वृद्धि गर्नको लागि मात्र हो कि अरू पनि कारणहरू छन् । मर्जर र बिग मर्जरको कारणले बैंकहरूले राम्रो नाफा कमाउन सकिरहेका छैनन् । ३५ अर्बभन्दा बढी पुँजी भएको ग्लोबल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले खोई त सोचेजस्तो नाफा आर्जन गरेको । पछिल्लो समयमा बैंकहरूमा निक्षेप थुप्रिएको थुप्रियै छ । बैंकमा अधिक तरलता भएकाले बैंकहरू स्वयं बताइरहेका छन् । बैंंकहरूले लगानी गर्न सकिरहेका छैनन्, जसका कारणले बैंकहरूले मुनाफाआर्जन गर्न सकिरहेका छैनन् । त्यसो त बैंकहरूले राम्रो सोचेजस्तो नाफा गर्न नसकेको विविध कारणहरू होला । तर सर्वसाधारण लगानीकर्ताहरूको भनाइमा भने बैंकहरूको मर्जरले गर्दा हो भन्ने भनाइ रहेका छन् । बैंकहरूबीच एक आपसमा मर्जर र एक्वेजिसनले गर्दा लाभांशमा नकारात्मक असर परेको बताउँछन्, सर्वसाधारण लगानीकर्ताहरू । त्यसो त बिग मर्जर गरेका बिग बैंकहरूले २०८०/८१ मा सेयरधनीहरूलाई लाभांश समेत दिन सकेन ।
बिग मर्जर गरेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हिमालयन बैंक कुमारी बैंक प्रभु बैंकले लाभांश दिन सकेन । तर मर्जरमा नगएको बैंकहरूले १० प्रतिशनभन्दा बढी सेयरधनीलाई लाभांश दिएका छन् । पछिल्लो समयमा सेयरबजारमा यस्तौ चर्चाहरू चलेका छन् । मर्जरको कारणले बैंकहरूले सेयरधनीलाई राम्रो लाभांश दिन नसकेको हो भन्ने भनाइ नै रहेका छन् । मर्जरमा नगएको केही बैंकहरूले १० प्रतिशतभन्दा बढी लाभांश दिएका छन् । स्टायण्डर चाटर्ड बैंकले २५ .५० प्रतिशत एभरेष्ट बैंकले १५. ५३ प्रतिशत नेपाल एस बि आइ बैंकले १०.६५ प्रतिशत र कृषि बिकाश बैंकले १०.३ प्रतिशत लाभांश दिएका छन् । २१ वटा कम्पनीहरूसँग मर्जर र एक्वाएर गरेको भनेर गर्व गर्ने गरेको ग्लोबल बैंकले यस वर्ष आठ दशमलव पाँच प्रतिशत मात्र लाभांश दिएको छ सेयरधनीहरूलाई । गत वर्षको साधारणसभामा २० प्रतिशतको हाराहारीमा लाभांश दिने भनेर घोषणा गरेका ग्लोबल बैंकले लार्ज नमानी पाँच दशमलव पाँच मात्र लाभांश दियो । त्यसैगरी विगतका वर्षहरूमा लाभांश दिने बैंकमा अब्बल मानेको नबिल बैंकले पनि यसवर्ष १० प्रतिशत मात्र लाभांश दियो । दुई वर्ष अगाडिको साधारणसभामा तीन वर्षसम्म ३० प्रतिशतको हाराहारीमा लाभांश दिने भनेर घोषणा गरेको नविल बैंकले पनि यस वर्ष १० प्रतिशत मात्र लाभांश दियो त्यो पनि नगद । नविल बैंकले नेपाल बंगलादेशसँग मर्जर गरेको कारणले नबिल बैंकको साखमा गिरावट आएको कतिपयको भनाइ रहेका छन् । तर बंगला देश बैंकका सेयरधनीहरूलाई सबैभन्दा बढी घाटा रहेकोभन्दा पनि फरक नपर्ला ।
बैंकहरूको पुँजी बढाउन र बैंकहरूको संख्या घटाउनको लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई मर्जर र एक्वायरमा जानका लागि दबाब दिएको र बैंक तथा वित्त कम्पनीहरूले पनि नेपाल राष्ट्र बैंकको आदेशलाई श्री पशुपतिनाथ भगवान्को प्रसाद थानेर ग्रहण गरेको कारणले अधिकाश लगानीकर्ताहरूले घाटा व्यहोर्नुपरेको बताउँछन् जानकारहरू । एकातिर बैंक तथा वित्त कम्पनीहरूले गरेको मर्जर र एक्वाएरले सेयरधनीहरूले राम्रो प्रतिफल पाउन सकेन भने मर्जर गर्दा स्वाप रेसियोमा पनि सेयरधनीहरू ठगिएका छन् । भने मर्जरको कारणले पनि सेयरबजारमा मागभन्दा आपूर्ति बढी हुने गरेको कारणले बजारमा सेयरको भाउमा पनि गिरावट आएको जानकारहरू बताउँछन् । पछिल्लो समयमा वाणिज्य बैंकहरूको बजारमा सेयरको भाउ दुई सय तीन सयको हाराहारीमा कृष्णको सुदर्शन चक्रजस्तो घुमिरहेका छन् । मर्जर र एकवायरको कारणले एकातिर बजारमा सेयरको भाउ घटिरहेका छन् भने अर्कोतिर बैंकहरूले पनि सेयरधनीहरूलाई चित्त बुझ्दो लाभांश दिन सकिरहेका छैनन् । त्यसैगरी एकातिर मर्जरको कारणले बैंकहरूको पुजी वृद्धि भएको छ भने अर्कोतिर पछिल्लो समयमा बैंकहरूमा तरलता पनि अघिरहेको र बैंकहरूले लगानी गरेको लगानी पनी उठाउन सकिरहेका छैनन् जसको कारणले बैंकहरूको निष्कृय कर्जा पनि बढेको देखिन्छ । अधिकाश बिग बैंकहरूको निष्कृय कर्जा बढेको छभन्दा पनि फरक नपर्ला । जसकारणले पनि सेयरधनीहरूले न्यून मात्रमा लाभांश पाउने गरेका छन् ।
बैंकहरूको यस्तो अवस्था भइरहदा पनि केही बैंकहरूले मर्जर र एक्वायरको एजेन्डा ल्याउने गरेका छन् । चुक्ता पुँजी बढेका बैंकहरूले बढी नाफा गर्न सकिन्छ भन्ने भनाइलाई पछिल्लो समयमा बैंकहरूले नै गलत साबित गरी दिएका छन् । चुक्ता पुँजी बढी भएका बैंकहरूले पुँजी वृद्धिको अनपातमा नाफा खार्जन गर्न असफल भएका छन् । यसको असर सेयरबजारमा सेयरको भाउमा समेत असर परेका छन् । त्यसो त बैंकहरू एक आपसमा मर्जर एक्वायर गर्दा केही सीमित ब्यक्तिहरूलाई र कम्पनीलाई केही फाइदा भए पनि सर्वसाधारण लगानीकर्ताहरूलाई भने घाटा नै छन् । मर्जरमा गएका अधिकाश बैंकहरूको बजारमा माग र आपर्तिको सन्तुलन नमिल्दा सेयरको भाउमा बढ्न सकिरहेका छैनन् । बजारमा मागभन्दा बढी आपूर्ति बढी भएको बताउँछन् सरोकारवाला । त्यसैगरी पुँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी घटिरहेका छन् भने निष्कृय कर्जा बढीरहेको छभन्दा पनि फरक नपर्ला । विगतमा बैंक तथा वित्त कम्पनीहरूको संख्या बढी भयो भनेर नेपाल राष्ट्र बैंकले मर्जर गर्न दबाब दिएको नेपाल राष्ट्र बैंकको नीति नै गलत रहेका जानकारहरू बताउँछन् ।