काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोशेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं १६ स्थित उक्त उद्योगले एमआरपीसहितको लेबल नलगाएको पाइएपछि जरिवानासहित बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । साथै, बुधबार अनुगमनमा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ भने अन्य दुई वटा फार्मेसीको बिक्री वितरण रोक्का गरेको छ ।
काठमाडौं ३१ स्थित सिउटिक्स फर्मा र क्यटिज फार्मेसी प्रालिले बिक्रीका लागि राखेका कस्मेटिकजन्य वस्तुहरूको नमुना संकलन र सो वस्तुहरूको बिक्री वितरण रोक्का गरिएको छ ।