पुँजीबजारमा अहिलेको सिजन भनेको लाभांशको सिजन हो । नेप्सेमा सूचिकृत कम्पनिहरूको लाभांश घोषणा गर्ने समय हो । त्यसो त केही कम्पनिहरूले लाभांश वितरणसमेत गरिसकेका छन् भने केही कम्पनिहरूले धमाधम लाभांशको घोषणा गरिरहेका छन् । अहिले आर्थिक वर्ष २०८१ ८२ को लाभांश घोषणा गर्ने सिजन हो । लाभांशमा पनि नगद र बोनस हुन्छन् । जब लाभांश घोषणा गर्ने समय आउँछ सेयरधनीहरूबीच लाभांशमा नगद लाभांश राम्रो कि बोनस सेयर राम्रो भन्ने चर्चाहरू चल्ने गरेका छन् । लाभांश घोषण गर्ने कतिपयले बोनस सेयर मात्र घोषणा गरेका छन् भने कतिपयले नगद मात्र र कतिपय कम्पनिहरूले नगद र बोनस सेयर दिने गरेका पनि छन् । तर पनि धेरै जसो सेयरधनिहरूको आकर्षण भने बोनस सेयरमा रहेको हुन्छ । त्यसो त धेरैजसो सेयरधनीहरूको भनाइमा नगद लाभांश भन्दा पनि बोनस सेयर दिने गरे राम्रो हुने बताउँछन् । बोनस सेयर र नगद लाभांशको चक्करले सेयरबजारमा समेत असर पर्ने गरेको छ । यसले गर्दा सेयरबजारमा उतार चढाब देखिने गरेको छ । कतिपयले बोनस सेयर राम्रो भन्ने गरेका छन्, कतिपयले नगद लाभांश नै राम्रो भन्ने गरेका छन् भने कतिपयले दुवै मिलाएर दिए राम्रो भन्नेहरू पनि नभएका होइनन् । यस्तो चर्चा पब्लिक कम्पनिहरूले लाभांश बाँड्ने सिजन सुरु भएपछि लगानिकर्ताहरू माझ हुनेगरेका छन् । पब्लिक कम्पनिहरूले एक आर्थिक वर्ष समाप्त भएपछि कम्पनिको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश बाड्ने गर्दछन् । सेयरबजारमा डे टु डे ब्यापार गर्ने लगानिकर्ताहरूको, विज्ञ विश्लेषकहरूको र सेयरबजार सम्बन्धी जानकारहरूको भनाइमा नगद लाभांश राम्रो भन्ने भनाइ रहेका छन् । त्यसो त सबैजसो बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा गइसकेका कारणले कम्पनिहरूको पुँजी आवश्यकताभन्दा बढी भइसकेका छन् भने सेयरधनीहरूसँग पनि एकै कम्पनिको सेयरको थप्रो भइसकेको सरोकारवालाहरू बताउँछन् । यस कारणले पनि कम्पनिहरूका लागि बोनस सेयरभन्दा नगद लाभांश वितरण गर्न नै उपयक्त रहेको बताउछन् । तर पनि, कतिपय लगानिकर्ताहरू भने बोनस सेयरको नै पक्षमा रहेको बताउने गरेका छन् । बोनस सेयर दिँदा कम्पनिहरूले जति प्रतिशतमा बोनस सेयर दिन्छ र सेयर मूल्य समायोजन हुँदा जति प्रतिशत बोनस सेयर दिन्छ त्यति प्रतिशत नै बजार मूल्यमा घट्ने हुन्छ । यस कारणले लगानिकर्ताको हातमा शून्य नै हुन्छ ।
तर, नगद लाभांशले बजार घट्दैन सेयर मूल्य समायोजन हुँदैन एजीएममा प्रस्ताव पास भएको दिनबाट नै सेयर धनीहरूले लाभांश पाउँछ भने सेयर बजारमा सेयरको संख्या बढाउँदैन बोनस सेयरले सेयरको सख्या बढाउँछ । सेयरको सख्या बढ्यो भने बिक्री चाप बढ्छ र सेयरको भाउ घट्ने हुन्छ । होल्डमा बस्ने सेयरधनीहरूको लागि भने बोनस सेयर राम्रो हुन्छ । त्यसैगरी होल्डमा नबस्ने सेयरधनीहरूको लागि भने नगद लाभांश राम्रो तर पनि धेरै जसो सेयरधनीहरू नगद लाभांश भन्दा बोनस सेयर नै राम्रो मान्ने गरेका छन् । धेरै जसो सेयरधनीहरूमा बोनस सेयर प्रति आकर्षण रहेका छन् भन्दा पनि फरक नपर्ला । होल्डमा बस्ने, भविष्यको लागि लगानी सुरक्षित गर्ने सेयरधनीहरूका लागि बोनस सेयर नै राम्रो भन्दा पनि फरक नपर्ला । बोनस सेयरको नराम्रो पक्ष भनेको कनै कम्पनिले जति प्रतिशतको बोनस सेयर दिन्छ त्यति प्रतिशत नै बजारको भाउमा त्यति नै प्रतिशतले सेयर समायोजन गरी सेयरको भाउ घटाउँछन् । कतिपय सेयरधनीहरूले यसको बारेमा त्यति चासो लिएका ध्यान गएका पनि छैनन् होला । सेयरको मूल्य समायोजनले गर्दा पनि भविष्यको लागि होल्ड गर्ने सेयरधनीहरूको लागि बोनस सेयर राम्रो हो । सेयर होल्ड गरेपछि पछि सेयरको भाउ बढ्ने सम्भावना पनि रहन्छ । यसले सेयरधनीहरूलाई फाइदा नै हुने गरेका छन् ।
यसकारणले पनि कतिपय सेयरधनीहरूको आकर्षण बोनस सेयरमा रहेको हो । बोनस सेयर वितरण गर्दा कम्पनिको पुँजी बढ्ने हुन्छ । यस वर्ष जति बोनस सेयर दिएको छ अर्को वर्ष पनि बोनस सेयर वा नगद लाभांश दिनको लागि कम्पनिले नाफाको अनुपात बढाउनुपर्ने हुन्छ । यदि पुँजी वृद्धिको अनुपातमा नाफा बढाउन सकेन भने लाभांश वितरणमा कमी आउने हुन्छ र कम्पनिहरू दबाबमा पर्ने गदर्छन् ।
तर, नगद लाभांशमा भने अर्को वर्ष जति आम्दानी बढाउन सक्यो सेयरधनीहरूले पनि त्यही अनुपातमा बढी लाभांश पाउने हुन्छ । कम्पनीको पुँजी बढाउनुपर्ने कम्पनीहरूको लागि भने बोनस सेयर दिँदा राम्रो । एकातिर सेयरधनीहरूले पनि बोनस सेयर पाउने अर्कोतिर कम्पनिको पुँजी पनि बढ्ने तर कम्पनीको नाफा बढेन भने प्रति सेयर आम्दानिमा नेगेटिभ असर पर्न सक्छ । आर्थिक वर्ष २०८१/०८२ मा माछापुछ्र्र्रे बैंकले चार प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस सेयर सेयरधनीहरूलाई दिएको थियो । बोनस सेयरले कम्पनीको पुँजी बढ्ने भएकोले अर्को वर्षमा त्यही अनुपातमा सेयरधनीहरूलाई लाभांश दिनको लागि यही अनुपातमा नाफ बढाउन पर्ने हुन्छ, नभए अर्को वर्षको लाभांशमा असर पर्ने हुन्छ । पुँजी बढेको अनुपातमा नाफा बढाउन सकेन भने कम्पनीको प्रतिसेयर आम्दानि घट्ने हुन्छ भने यसको असर सेयरबजारमा समेत पर्ने हुन्छ ।
विगतमा पनि बैंक तथा वित्त कम्पनीहरूले केन्द्रिय बैंकको दबाबमा पुँजी वृद्धि गर्नुपरेकाले बोनस सेयरहरू मात्र वितरण गर्दा र कम्पनीहरू एक आपसमा मर्जर र एक्वाएर गर्दा सेयरबजारमा नकारात्मक असर परेको थियो । कम्पनीहरूको मर्जरले गर्दा सेयरधनीहरूसँग एकै कम्पनीको धेरै सेयरहरू भएका कारणले र बिक्री चाप बढेको कारणले सेयरको मूल्यमा गिरावट देखापरिरहेका छन् । एक त नेपाल राष्ट्र बैंकको नीति सेयरबजार मैत्री भएन यसले पनि सेयरबजारले गति लिन सकिरहेको छैन । बिगतमा कम्पीनहरू मर्जर र एक्वार नभएको समयमा बैंकहरूको सेयर भाउ बजारमा हजार एघार सयको हाराहारीमा थियो मर्जर पछि सेयरधनीहरूसँग एउटै कम्पनीको सेयरको थुप्रो भएका कारणले बजारमा बिक्री चाप बढ्कोले बाणिज्य बैंकहरूको सेयरको भाउ नै डेड दुई सयमा झरिसकेका छन् । यसले लगानीकर्ताहरूको अर्बौं लगानी डुिबसकेका छन् तर सेयरबजारका नियामक निकायहरूको दरिद्रताले, असक्षमताले, अकर्मन्यताका कारणले लगानीकर्ताहरू निराश भइसकेका छन् । सेयरबजारमा नेप्से घटबढ भइरहन्छ । नेप्से कहिले बढ्छ त कहिले घट्छ पनि । यो सेयरबजारको विशेषता हो । कतिपय विज्ञ विश्लेषकहरूको भनाइमा सेयरबजार भनेको कृष्णको चक्र जस्तै घमिरहन्छ भनेर पनि भन्ने गर्दछन् । यसलाई चक्रीय प्रणाली भनेर पनि कतिपय जानकारहरू बताउँछन् ।