विश्व पर्यटनसँगै नेपाली पर्यटन लयमा फर्केको छ । भनाइको मतलब विश्व पर्यटन आगमनमा सन् २०१९को स्थितिमा पुगेकोे छ भने नेपालमा चाहिँ पर्यटन आमगन दर सन् २०१९ मा पुग्न लगभग ३ प्रतिशत बाँकी रहेको छ । हुन पनि सन् २०२५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ५२ हजार पुगेको छ भने, सन् २०१९ मा चाहिँ ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल गरेका थिए । र, त्यो नै अहिलेसम्म एकै वर्षमा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेको वर्षको रुपमा दर्ज भएको अवस्था रहेको छ ।हुन पनि सन् २०१९ को डिसेम्बर अन्तिम ताका उत्तरी छिमेकी देश चीनको दक्षिणपूर्वी प्रातन्त हुपेइको राजधानी हुवानबाट फैलिन सुरु भएको नोभेलकोरोना भाइरस (वैज्ञानिक÷महामारी रोग विज्ञहरूले पछि कोभिड–१९ नाम दिएको) महामारीका रुपमा विश्वभरि फैलियो । फलतः सन् २०१९को तुलनामा सन् २०२० मा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ८० प्रतिशतले गिरावट आएको थियो भने सो वर्ष विश्व पर्यटनको आम्दानी ठूलै पैमानामा घट्यो । सो वर्ष विश्व पर्यटन क्षेत्रले ७६ प्रतिशत आम्दानी गुमायो । भनिन्छ, सन् २०२० मा विश्व भ्रमण गर्ने पर्यटकले १.६ ट्रिलियन अमेरिकी डलर खर्च गरेका थिए । सन् २०२१ मा सन् २०२० मा भन्दा ४ प्रतिशतले बढेका थिए, विश्व घुम्न निक्लने पर्यटकको संख्या । साथै सन् २०२१ मा विश्व भ्रमण गर्ने पर्यटकले १.९ ट्रिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यसो त विश्व पर्यटन उद्योगले सन् २०२० मा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ३ देखि ४ प्रतिशतले बढ्नुका साथै १०.३ ट्रिलियन अमेरिकी डलर खुद आम्दानी हुने प्रक्षेपण गरेको थियो, संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन यूएनडब्लूटीओले । तर...
जे भए पनि सन् २०२२, सन् २०२३, सन् २०२४ र सन् २०२५ मा चाहिँ लगातार रुपमा राम्रोसँगले विश्व पर्यटन आगमन दर बढेको हुनाले र, त्यसरी विश्व भ्रमण गर्न निक्लेका पर्यटकले खर्च गर्ने दरमा पनि उच्च वृद्धि भएको छ । हुन पनि सन् २०२५ मा आइपुग्दा विश्व पर्यटन आगमन दर सन् २०१९को हाराहारी पुगेको देखिन्छ । सन् २०२३ को तुलनामा २.९ प्रतिशतले मात्रै विश्व पर्यटक आगमन दर बढेको थियो । तापनि सन् २०२४ मा सन् २०१९ को तुलनामा पुग्न अझै दुई प्रतिशत बाँकी रहेको अवस्था थियो । सन् २०२५ मा विश्व पर्यटन आगमन दर सन् २०१९को तुलनामा भन्दा केही संख्यामा विश्व भ्रमण गर्न निक्लेका पर्यटकको संख्या पुगेको छ । किनभने, विश्व प्रसिद्ध समाचार संस्था रोयटर्सले विश्व भ्रमण तथा पर्यटन परिषद (वल्र्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल÷डब्लूटीटीसी) लाई उद्धृत गर्दै समाचार प्रकाशित गरेअनुसार सन् २०२५ मा १.५ बिलियन पर्यटक विश्वमा भ्रमण गर्न निक्लेका थिए भने उनीहरूले ११.७ ट्रिलियन अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२५ मा विश्व पर्यटनबाट भएको आम्दानीले विश्वको ‘ग्रोस–ग्रस डेभेलोपमेन्ट प्रडक्ट (जीडीपी)’ मा १०.३ प्रतिशत योगदान गरेको उल्ले गरिएको छ । पछिल्लो पटकको पर्यटक आगमनलाई हेर्दा नेपाललगयात विश्वका प्रायः सबै देशमा पर्यटनको अवस्था चकाचक हँुदै गएको छ भन्न सकिन्छ । असलियतमा भन्नु पर्दाखेरि पछिल्लो पटक विश्व पर्यटन क्षेत्र पूर्ण रुपमा लयमा फर्केको अवस्था रहेको छ । पर्यटनको कुरो गर्दा यता नेपालमा चाहिँ ‘मास टुरिस्ट’ (भीडभाड मात्रै लाग्ने, खर्च चाहिँ कम गर्ने) ठूलो संख्यामा आई रहेको अवस्था रहेको छ ।
नेपालमा विगत ६ वर्षमा कति संख्यामा विदेशी पर्यटक भ्रमण गर्न आए त ? यो छोटो लेखमा उल्लेख गरिने छ । सो अनुसार तथ्यांक हेर्दा सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या भनेको सन् २०१९ को तुलनामा –८०.७ (माइनस ८० दशमलब सात) प्रतिशतले कमी रहेको थियो । त्यस्तै गरेर सन् २०२१मा अझ घटेर एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । तर सन् २०२२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको आगमन दर राम्रैसँग बढेर छ लाख १४ हजार आठ सय ६९ जना पुगेको थियो । त्यसै गरी सन् २०२३ मा झनै बढेर १० लाख १४ हजार आठ सय ८५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ मा केही बढेर ११ लाख ४७ हजार पाँच सय ४८ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आए भने, सन् २०२५ मा पनि थोरै संख्यामा भए तापनि बढेर ११ लाख ५८ (पहिले ५२ हजार भनिएको) हजार चार सय ५९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसरी विगत छ वर्षमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको तथ्यांक हेर्दा सन् २०२० र २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या असाध्यै ठूलो पैमानामा घटेका थिए । हुन पनि नेपाल आएका विदेशी पर्यटकको संख्यााको कुरो गर्दा सबैभन्दा धेरै संख्यामा सन् २०१९ मा आएका थिए । स्मरण रहोस्, सो वर्ष ११ लाख ९७ हजार एक सय ९१ जना (करिब १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो नै अहिलेसम्म एकै वर्षमा धेरै ठूलो संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेको वर्षको रुपमा कीर्तिमान रहेको छ । त्यसो त तथ्यांकको आधारमा भन्नु पर्दाखेरि वर्षेनी कम्तिमा पनि एक लाख १०÷१५ हजारदेखि एक लाख २५÷३० हजारसम्म विदेशी पर्यटक आगमन दर बढ्दै गएको भए ६, ७ वर्षको अवधिमा वार्षिक २०÷२१ लाख विदेशी पर्यटक आगमन दर पुगिसक्नुपर्ने थियो नेपालमा ।
२०१९ को डिसेम्बर अन्तिमताका उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ ले विश्वव्यापी रुपमा विश्वभरि पैmलन सुरु भएपछि, त्यसले विश्व अर्थतन्त्र ‘डाँवाडोलको स्थिति’मा पु¥याएको थियो । जुन कुरो विश्वका कुनै पनि सरकार प्रमुख, राज्य प्रमुख र भाइरल रोग विज्ञ एवं वैज्ञानिकले समेत त्यो स्तरमा स्वास्थ्या स्थिति बिग्रने एवम् आर्थिक संकट आउने र विश्वभरि सन्नाटा नै छाउने स्थिति निर्माण हुनेछ भन्ने सोचेका थिएनन् होला ? हुन पनि त्यो बेला के सम्म भयो भने, (सन् २०२० को मध्यतिर) कोभिड–१९ पैmलन सुरु भएपछि समग्र पर्यटनका लागि विश्वमा जति पनि पर्यटकीय गन्तव्य भनी चिनिएका ठाउँहरू रहेका थिए, ती सबै ठाउँ अर्थात् सत प्रतिशत गन्तव्यस्थलहरू बन्द रहेका थिए, बन्द गरिएका थिए । त्यस्तै विश्वका २२०÷२२१ वटा (सार्वभौम तथा ठूला तथा साना देशका शासन सत्तामा रहेका टापु देशसमेत) देशले एक–अर्काको देश आवतजावत गर्नलाई प्रतिबन्ध लगाएका (यात्रामा प्रतिबन्ध गरेका) थिए । धेरै देशले हवाइ तथा जलयात्रीलाई आफ्नो देशमा आउन नपाउने गरी अस्थाइ रुपमा प्रतिबन्ध लगाएका थिए भने केही देशले चाहिँ ७ दिने क्वारेनन्टाइनको व्यवस्था लागू गरेका थिए । यसरी विभिन्न खालको प्रतिबन्धहरू लगाएका थिए, विभिन्न देशले । त्यसमा केही देशले चाहिँ ‘फलानो फलानो देश नजानू !’ भनेर केही देशको नामै तोकेर आफ्ना देशका नागरिकलाई सूचना जारी गरेका थिए । यसरी नाम तोकिएको देश एकएक गर्दै १८ प्रतिशतसम्म पुगेको थियो ।
खासमा केही दिन अथवा केही महिनामै आफै हराएर जाने आशा गरिएको कोरोना महामारी अनपेक्षित रुपमा विश्वभरि महामारीका रुपमा फैलिएपछि सन् २०२० मा विश्व पर्यटन आमगनमा ३० प्रतिशतले कमी आउने प्रक्षेपण गरेको थियो, संयुक्त राष्ट्र संघ मातहतको ‘विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)’ले । तर सन् २०२० मा यूएनडब्लूटीओले गरेको प्रक्षेपणभन्दा डबलभन्दा पनि केही बढी नै अर्थात् ८० प्रतिशतले कमी आएका थियो, विश्व पर्यटन आगमन दरमा । कतिपय देशको पर्यटन उद्योगमा कम्तिमा पनि ८८–९० प्रतिशतदेखि ९४–९६ प्रतिशत कमी आएको थियो । जसले हवाइ यातायात, रेल, ट्याक्सी, कार, जिप, होटल, रेस्टुरेन्ट, पब, क्याफे, ह्यान्डीक्राफ्ट आदि पर्यटनसँग सम्बन्धित उद्योगी–व्यवसायीले नराम्रोसँग मार खानु परेको थियो । धेरै मान्छेले आफ्नै आँखा अगाडि विश्वभरिको परिदृश्यलाई ‘मुर्दा शान्ति !’ (श्मशान घाटको दृश्यझैँ !) को स्थितिमा पुगेको देख्नुपरेको थियो । फलतः सन् २०२०मा विश्व पर्यटनले १.३ ट्रिलियन अमेरिकी डलर गुमायो ।