काठमाडौं । हिमालयन बैंकले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले यही वैशाख २१ गतेदेखि काउन्टर सञ्चालनमा आएको जनाएको छ ।
काउन्टर सञ्चालनका लागि बैंक र अस्पतालबीच सम्झौता नै भएको थियो । सम्झौताअनुसार बैंकले अस्पतालमा सार्वजनिक विदाको दिनसमेत गरी २४सै घण्टा सेवा दिनुपर्नेछ । काउन्टर सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई पैसा भुक्तानी गर्न सहज हुने विश्वास लिइएको छ ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् ।